सरकारमा जाने प्रत्येक मन्त्रीहरुले पार्टीको विचारप्रति ईमान्दार बन्नु पर्छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति पूर्ण बहादुर खड्काले सरकारमा जाने प्रत्येक मन्त्रीहरु पार्टीको एजेण्डा,घोषणा पत्र ,पार्टीको विचार प्रति ईमान्दार हुन आवश्यक रहेको बताएका छन् ।
सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा उनले कसंैले व्यक्तिगत स्वार्थ र लोभको स्वार्थको लागि कुनै काम गरेमा अपराध लाग्छ भन्ने कुराको हेक्का राखी पार्टीको विचार प्रति ईमान्दर हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर न गठबन्धनमा प्रवेश छ । न सम्झौता गरेर अगाडि बढ्छ । यसमा दृढ रहनुपर्छ । हामी सरकारमा जाने प्रत्येक मन्त्रीहरु पार्टीको ऐजेण्डा,घोषणा पत्र ,पार्टीको विचार प्रति ईमान्दर हुन आवश्यक छ । कसैले व्यक्तिगत स्वार्थ लोभको स्वार्थको लागि कुनै काम गरेमा हामीलाई अपराध लाग्छ । यो कुराको हेक्का राख्नु पर्छ । ’
उनले पार्टी भित्र भावनात्मक एकतामा कमि भएको गुनासो गरे । पार्टी भित्रको भावनात्मक ईतिहास संस्कार र संस्कृति रहेको भन्दै भावनात्मक एकतामा कहिँ न कतै कमि हुँदै गएको उनको भनाई छ ।
उनले भने,‘हाम्रो पार्टी भित्रको भावनात्मक छ त्यसको ईतिहास संस्कार र संस्कृति हो । भावनात्मक एकतामा कहि न कतै कमि हुँदै गएको छ । त्यो कुरा मैले स्वीकार्छु । त्यो एकताको सद्भावको सम्बन्धलाई घटाउँने कुरामा मेरो पनि गल्ती छ कि भनेर निधार खुम्च्याउनु पर्छ । त्यसैले पार्टीको भावानाको आत्मीयताको भावना पार्टीको संसार थियो त्यसमा कमि आएको छ भन्ने अनुभूति मैले पनि गरेको छु । त्यसलाई सुधारेर भावनाको नाताले अगाडि जानु पर्ने छ । ’