विधेयक निर्माणमा गम्भीर छलफल गरिनु पर्छ : पूर्व परराष्ट्र मन्त्री डाक्टर पौडेल

काठमाडौं । एमाले नेता पूर्व परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले, विधेयक निर्माणमा गम्भीर ध्यान दिन आवश्यक रहेको बताएकी छिन् ।
आईतबार बसेको विधान व्यवस्थापन समितिको बैठक अन्तर्गत विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलमा उनले विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसंग गम्भीर छलफल गर्न आवश्यक भएको बताएकी हुन् । ‘यो विद्येयकमा भएको प्रावधानको लागि अलि बढि अध्ययन गर्नु पर्ने आवश्यकता छ । विज्ञ र सरोकारवालाहरुसंग छलफल गर्नु पर्छ । ’ उनले भनिन् ।
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नयाँ भएको र यसलाई राम्रो बनाउन कै लागि भए पनि समितिले प्राथमीकता दिने बताएकी छन ।