चुनौतीका चाङ भुलेर आपसमा भिड्नु हुँदैन : ज्ञानेन्द्र कार्की

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको अघि भएका प्रतिकुलताको चुनौतीका चाङहरु विर्सेर सबै सदस्यहरु आफु केन्द्रित भएको बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य कार्कीले पार्टीका सबै सदस्यहरु पार्टीको समस्यामा केन्द्रित हुनुपर्ने बताए ।
उनले भने ‘ हाम्रा अघि प्रतिकुलता र चुनौतीका चाङहरु छन् । तिनीहरुलाई हामीले विर्सिएर आफु केन्द्रित भएर हामी अगाडि बढयौं भने काम कुरो एकातिर कुम्लो बोकी कता तिर भने झै हुन्छ, अहिलेको आवश्यकता शुसासन दिने हो, सेवा दिने हो । त्यो आवश्यता तिर हामी जानु पर्छ । के अहिलेको आवश्यकता सभापति बदल्नु हो ? के अहिलेको आवश्यकता संसदीय दलको नेता बदल्ने हो ? के यो उचित छ ? यस्तो बाटोमा जाने हाम्रो सोच छ भने त्यसलाई बदल्नु जरुरी छ । ’
पार्टीको सभापति भनेको संस्था भएकोले त्यसलाई कमजोर पारेर पार्टी बलियो हुन नसक्ने भन्दै केन्द्रीय सदस्य कार्कीले पार्टीलाइ एकतावद्ध बनाएर लानु पर्ने बताए ।