कर्जा विस्तार घटेको गर्भनर अधिकारीको भनाई
काठमाडौँ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले, देशमा कर्जा विस्तार घटेको जानकारी दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा उनले कर्जा विस्तार घटेको र सञ्चितीकोष पनि घाटामा रहेको जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वान्छित सीमा सात प्रतिशत भन्दा माथि नै रहने देखिएको भन्दै सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा र कर्जाको बिस्तार पनि घटेकोे उनको भनाई छ ।
उनले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वान्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष रू एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप संकलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ ।’
गभर्नर अधिकारीले हाल चालु खाता घाटा र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताउँदै भने, ‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो । मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं ।’
चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे छ प्रतिशतको सिमामा राख्ने गरी लक्ष्य निर्धारण गरिएको उनको भनाई छ ।














