मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश बराबरीमा रोकिए

ढाका । नेपाली महिला फुटबल टिमले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।
दोस्रो हाफको अतिरिक्त समयमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेपछि नेपालले १–१ गोलको बराबरी गर्न सफल भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले दोस्रो हाफको अग्रता लिएको थियो ।
६५ औं मिनेटमा बंगलादेशकी सबिना खातुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् ।
तर, अतिरिक्त समयमा नेपालकी गोल मसिन सावित्रा भण्डारी साम्बाले गोल गरेपछि नेपाल हारबाट जोगिएको थियो । नेपालले आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।