लम्पी स्किनका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु, खोप दिने काम धमाधम
काठमाडौं । लम्पी स्किन रोगको प्रकोपले देशको ७६ वटा जिल्लालाई आफ्नो प्रभावमा लपेटेको छ । मनाङ बाहेक हरेक जिल्लाको घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ । पशु सेवा विभागका अनुसार बुधबार अपरान्हसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ ।
पशु सेवा विभागका अनुसार अहिले रोगको प्रकोप देखिएको स्थानमा पशु चिकित्सक सहितको टोली परिचालन गरिएको छ । रोग प्रभावित गाईवस्तु लगायतका चौपायालाई खोप लगाउने काम पनि भइरहेको छ ।
पशु सेवा विभागकी महानिर्देशक डाक्टर सम्झनाकुमारी काफ्लेले प्रभावित चौपायामा खोपको कमी हुन नदिन विभाग सतर्क रहेको बताइन् ।
उनले भनिन‘ पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुसँग समन्वय र्न सातै प्रदेशमा टोल्ी परिचालन गरिएको र स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने काम भइरहेको छ । ’
विभागका अनुसार यस बर्ष यो रोग देखापरेबाट हालम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएको, हाल २ लाख ३२ हजार ३ सय ९ चौपाया संक्रमित अवस्थामा रहेको खोप लगाइएको चौपायाको संख्या २ लाख ५० हजार ७ सय ६६ चौपायालाई खोप लगाइएको छ ।
महानिर्देशक काफ्ले भनिन ‘ लम्पी स्किन रोगको निदानका लागि सबै स्थानीय तहका सरोकारावालाहरुबाट सक्रिय सहयोग, समन्वय तथा सहकार्य आवश्यक रहेको छ । ’
यता काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई वडामा पनि पनि यस रोगको प्रकोप बढ्दा किसानहरु चिन्तित बनेका छन् ।
देशभर नै लम्पी स्किन रोग नियन्त्रणबाहिर पुग्दा पनि सबै जिल्लामा हालसम्म खोपको उपलब्ध हुन सकेको छैन । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावित भएका छन् । पनौतीका दुई वडामा हालसम्म ११ वटा गाईहरु मरेका छन् ।
नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पनौती नगरपालिका पशु सेवा शाखाका कर्मचारी लक्षमण सापकोटाले जानकारी दिए ।
उनले भने ‘ कति वडाहरुको भ्याक्सिन अभियान सुरु भएको छ । वडाका अधिकांश गाईहरुलाइ यो रोग लागेको छ । र अहिले भ्याक्सिन लगाउने अवस्था छैन । हामी सबै गोठमा छिरेर अनुगमन गरिरहेका छौं । दुधहरु उमालेर खाने सकेसम्म नखाँदा नै राम्रो । भ्याक्सिनले तापक्रम बढ्छ त्यसैले संक्रमण भएका पशुहरुलाई नदिएको हो । ब्याउने गाईलाई भ्याक्सिन दिए बच्चा फाल्न सक्छ । कति किसानहरुमा जनचेतना नै छैन म¥र्यो भने पुरिदिन्छु भन्ने मानसिकता छ । ’
यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा उनको भनाइ छ ।
उनले भने ‘हामीले सके सम्म नियन्त्रण गर्ने पहल गरिरहेका छौं । रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’
पनौती नगरपालिकाको वडा नम्बर ८ र १० मा धेरै लम्पी स्किनबाट धमाधम पशुचौपाया ग्रसित भएका छन् । लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
पनौती नगरपालीका १० का स्थानीय कमल बहादुर बुढाथोकी रोग लागेपछि गाईको दूध आधाले घटेको बताए । उनले भने ‘ ज्वरोको औषधि र भिटामिनहरु दिएको छ । यो गाईले १० लिटर दूध दिन्थ्यो अहिले जम्मा ५ लिटर दिन्छ । यो निको हुन २५ दिन लाग्छ रे । अरुको मरेको छ हाम्रो चाही अहिले सम्म मरेको छैन ।
पनौती नगरपालिका १० की स्थानीय कमला थापाले रोग लागेपछि गाईको दूध नै बेच्न छाडेको बताइन् । उनले भनिन ‘ मलाई त थाह नै थिएन । मैले याद गरेको पनि थिईन । ६- ७ लिटर दूध दिन्छ । अब दूध के बेच्नु र यस्तो रोग आको छ । व्याउन पनि लागेको छ, ८ महिना भईसकेको छ ।
पनौती नगरपालीका ९ का स्थानीय रामसरण थापाले लम्पी स्किन रोग लागेपछि आफुहरुको खानेबाट हराएको दुखेसो पोखे ।
उनले भने ‘ २० गते देखि विरामी भएको सलाइन पानी पनि देको हो । अब महिनाको ३० – ३५ हजार आउथ्यो त्यो जाने भयो । हाम्रो खाने बाटो गयो । ’
पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । त्यसले गर्दा पशुचौपायाले दुध नदिने जस्तो लक्षणहरु देखिन थाल्छ ।
यो रोग झिङ्गा, मच्छड र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपील गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।
काठमाडौं । लम्पी स्किन रोगको प्रकोपले देशको ७६ वटा जिल्लालाई आफ्नो प्रभावमा लपेटेको छ । मनाङ बाहेक हरेक जिल्लाको घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ । पशु सेवा विभागका अनुसार बुधबार अपरान्हसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ ।
पशु सेवा विभागका अनुसार अहिले रोगको प्रकोप देखिएको स्थानमा पशु चिकित्सक सहितको टोली परिचालन गरिएको छ । रोग प्रभावित गाईवस्तु लगायतका चौपायालाई खोप लगाउने काम पनि भइरहेको छ ।
पशु सेवा विभागकी महानिर्देशक डाक्टर सम्झनाकुमारी काफ्लेले प्रभावित चौपायामा खोपको कमी हुन नदिन विभाग सतर्क रहेको बताइन् ।उनले भनिन‘ पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुसँग समन्वय र्न सातै प्रदेशमा टोल्ी परिचालन गरिएको र स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने काम भइरहेको छ । ’
विभागका अनुसार यस बर्ष यो रोग देखापरेबाट हालम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएको, हाल २ लाख ३२ हजार ३ सय ९ चौपाया संक्रमित अवस्थामा रहेको खोप लगाइएको चौपायाको संख्या २ लाख ५० हजार ७ सय ६६ चौपायालाई खोप लगाइएको छ ।महानिर्देशक काफ्ले भनिन ‘ लम्पी स्किन रोगको निदानका लागि सबै स्थानीय तहका सरोकारावालाहरुबाट सक्रिय सहयोग, समन्वय तथा सहकार्य आवश्यक रहेको छ । ’
यता काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई वडामा पनि पनि यस रोगको प्रकोप बढ्दा किसानहरु चिन्तित बनेका छन् ।देशभर नै लम्पी स्किन रोग नियन्त्रणबाहिर पुग्दा पनि सबै जिल्लामा हालसम्म खोपको उपलब्ध हुन सकेको छैन । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावित भएका छन् । पनौतीका दुई वडामा हालसम्म ११ वटा गाईहरु मरेका छन् ।नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पनौती नगरपालिका पशु सेवा शाखाका कर्मचारी लक्षमण सापकोटाले जानकारी दिए ।
उनले भने ‘ कति वडाहरुको भ्याक्सिन अभियान सुरु भएको छ । वडाका अधिकांश गाईहरुलाइ यो रोग लागेको छ । र अहिले भ्याक्सिन लगाउने अवस्था छैन । हामी सबै गोठमा छिरेर अनुगमन गरिरहेका छौं । दुधहरु उमालेर खाने सकेसम्म नखाँदा नै राम्रो । भ्याक्सिनले तापक्रम बढ्छ त्यसैले संक्रमण भएका पशुहरुलाई नदिएको हो । ब्याउने गाईलाई भ्याक्सिन दिए बच्चा फाल्न सक्छ । कति किसानहरुमा जनचेतना नै छैन म¥र्यो भने पुरिदिन्छु भन्ने मानसिकता छ । ’
यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा उनको भनाइ छ ।उनले भने ‘हामीले सके सम्म नियन्त्रण गर्ने पहल गरिरहेका छौं । रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’
पनौती नगरपालिकाको वडा नम्बर ८ र १० मा धेरै लम्पी स्किनबाट धमाधम पशुचौपाया ग्रसित भएका छन् । लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
पनौती नगरपालीका १० का स्थानीय कमल बहादुर बुढाथोकी रोग लागेपछि गाईको दूध आधाले घटेको बताए । उनले भने ‘ ज्वरोको औषधि र भिटामिनहरु दिएको छ । यो गाईले १० लिटर दूध दिन्थ्यो अहिले जम्मा ५ लिटर दिन्छ । यो निको हुन २५ दिन लाग्छ रे । अरुको मरेको छ हाम्रो चाही अहिले सम्म मरेको छैन ।
पनौती नगरपालिका १० की स्थानीय कमला थापाले रोग लागेपछि गाईको दूध नै बेच्न छाडेको बताइन् । उनले भनिन ‘ मलाई त थाह नै थिएन । मैले याद गरेको पनि थिईन । ६- ७ लिटर दूध दिन्छ । अब दूध के बेच्नु र यस्तो रोग आको छ । व्याउन पनि लागेको छ, ८ महिना भईसकेको छ ।पनौती नगरपालीका ९ का स्थानीय रामसरण थापाले लम्पी स्किन रोग लागेपछि आफुहरुको खानेबाट हराएको दुखेसो पोखे ।उनले भने ‘ २० गते देखि विरामी भएको सलाइन पानी पनि देको हो । अब महिनाको ३० - ३५ हजार आउथ्यो त्यो जाने भयो । हाम्रो खाने बाटो गयो । ’