ढुक्कसँग घर फर्किन मिटर ब्याज पीडितलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह गरेका छन् ।
नयाँ बानेश्वरस्थित मिटरब्याज पीडितको धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कुनै हालतमा मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाए ।
‘विधेयक संसद छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ ।’ उनले भने ‘ढुक्कसँग घरमा गएर आयोगको प्रक्रियामा जानुहोला । विधेयक पारित गर्ने काम हामी गर्छौं ।’
अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले भन्दै उनले ढुक्क हुन पीडितलाई आग्रह गरे ।
उनले भने ऋण दिनेहरुको रकम समेत ब्याजसहित फिर्ता दिइने बताए ।
‘जति ऋण दिएको छ, न्यायोचित ब्याजसहित फिर्ता पाउने छन् । उनीहरुलाई अन्याय गर्ने भनेका छैनौं’ उनले भने, ‘तर ५ लाख ऋण दिएर ५० लाखको तमसुक बनाउने, दिएको भन्दा दोब्बर तेब्बर पैसा पनि लिने, घरजग्गा पनि जरिस्ट्रेशन पास गरेर लिने । यो अपराधलाई छुट दिन सकिन्न ।’ उनले भने ।
अनुचित लेनदेनसम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रस्तिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछि निस्क्रिय भएसंगै मिटर ब्याज पीडितहरुले आइतबार संसद भवन अगाडि भर्ना दिनएका छन् ।