सडक दुर्घटनाको कारणबारे सुष्म अध्ययन जरुरी देखियो : अध्यक्ष ओली

काडमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सडक दुर्घटनाको कारण बारे सुष्म अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको बताएका छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत सडक दुर्घटनाको कारण धेरैले ज्यान गुमाइरहेको भन्दै उनले दुर्घटनाको कारण पत्ता लगाउनुपर्ने धारणा राखेका हुन् ।
उनले फेसबुकमा लखेका छन् ‘दुर्घटनाका कारण हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’
ओलीले पछिल्लो तीन महिनामा नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको भन्दै सडक पूर्वाधार,सवारी साधनको स्थिति लगायतका कारणले दुर्घटना बढेको आँकलन गर्दै त्यसतर्फ अध्ययन र अनुुन्धान गरिनुपर्ने बताएका छन् ।