प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘‘नेपाल विश्वविद्यालय विधेयक २०८०’’ प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
त्यस्तै,कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् । उनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको छ ।
उक्त विधेयक माथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयले जनाएको छ ।
यसअघि,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारण उनको राजीनामा माग गर्दै प्रतिपक्षी दल एमाले सहित रास्वपाले संसद अवरोध गरेको कारण शुक्रवारको बैठक स्थगित भएको थियो ।