पुराना पार्टी भूतपूर्व प्रधानमन्त्री क्लब जस्ता भए : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दल भित्रको नेतृत्व नफेरिने परम्पराले गर्दा पुराना पार्टी भूतपूर्व प्रधानमन्त्री क्लब जस्ता भएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको र संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताएका हुन् ।
‘नेपालमा पुरानो राजनीतिक दलहरूलाई सङ्कट आउनुको कारण भनेको २०—२५ वर्षदेखि दलहरूभित्र यस्तो सदस्यता अवलम्बन गर्यौं।’ उनले भने।
थापाले भने, ‘दलभित्र पुरानो मानिसहरु निर्वाचित भईराख्ने र दल भित्रको नेतृत्व नफेरिने यो परम्पराले गर्दा सबै ठाउँमा जो शीर्ष नेताहरू हुनुहुन्छ त्यो एउटा भूतपूर्व प्रधानमन्त्रीहरूको क्लब जस्तो भएको छ । यसलाई बदल्ने कोसिस गर्नु पर्छ । फेरि कांग्रेसको संसदीय दलको नेता बदल्नको लागि म लाग्छु लाग्छु सकेसम्म बदल्छु बदल्छु । सके आफू बन्छु नसके अरूलाई बनाउँछु । बदल्न सकिन्छ । ’
अब नेपालमा पूर्व प्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्नु पर्ने उनको भनाई छ ।
महामन्त्री थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको उनले बताएका छन् ।