अमेरिकी स्वतन्त्रता दिवस : फिलाडेल्फियामा मास सुटिङ्ग, ५ जनाको मृत्यु, २ घाइते २ हिरासतमा

फिलाडेल्फिया,पेन्सिलभेनिया/ अमेरिकीहरु स्वतन्त्रा दिवस मनाउदै गर्दा पेन्सिलभेनिया राज्यको मुख्य शहर फिलाडेल्फियामा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार फिलाडेल्फियाको किंगसेसिङमा सोमबार राति भएको सामूहिक गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । घटना ५६ स्ट्रीट र चेस्टर एभिन्यू नजिकै साँझ साँढे आठ भएको हो।
पुलिस कमिश्नर डेनियल आउटलका अनुसार घटनास्थलबाट दुई जनालाई हिरासतमा राखिएको छ । गोलीबारीमा मारिएका पुरुषहरू २०, २२ र ५९ वर्षका थिए र उनीहरूले पहिचान सार्वजनिक भएको छैन।
प्रहरीका अनुसार मंगलबार राति १२ः३० बजे ५६ स्ट्रीटमा रहेको घरमा ३१ वर्षीय पुरुष बन्दुकको गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।
गोली लागेर घाइते भएका अन्य दुई जना नाबालिग २ वर्षीय र १३ वर्ष भएको बताइएको छ। उनीहरु दुवै अवस्था स्थिर रहेको जनाइएको छ।
प्रहरीका अनुसार किंगसेसिङमा बन्दुकको आवाज सुने पछि संदिग्धको खोजी गरिएको थियो। सोही क्रममा अफिसरहरूले किंगसेसिङ एभिन्यूबाट फ्रेजियर र स्प्रिंगफिल्ड एभिन्यूमा एक पुरुष संदिग्ध भेट्टाएका थिए।
पीछा गर्ने क्रममा ती व्यक्तिले प्रहरी माथि हतियार प्रहार गरेको बताइन्छ। ‘पक्राउ पर्दा संदिग्धले बुलेटप्रुफ भेस्ट लगाएका थिए। उसको भेस्टमा धेरै म्यागजिनहरू, एउटा स्क्यानर, एआर-शैलीको राइफल र एउटा ह्यान्डगन थियो।’ पुलिस कमिश्नर आउटलले संञ्चार माध्यमलाई भने।
आउटले गोली चलाउने व्यक्ति ४० वर्षको भएको आफुलाई विश्वास रहेको बताए। ‘कुल तीन हतियार बरामद भएको छ।’ आउटलले भने। उनले घटनास्थलमा ५० वटा खसेको गोला फेला परेको र कैयौं सवारी साधनमा गोली प्रहार भएको बताए । के कारणले गोली चल्यो भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।