संसदीय समितिका सभापतिहरूको टुङ्गो लगाउन शीर्ष नेताहरूलाई सभामुखको आग्रह

savamukh
4

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिबारे दलहरू टुङ्गोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका छन् । 

मङ्गलवार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफलमा उनले सभापतिबारे दलहरूले टुङ्गो लगाउन आग्रह गरेका हुन । 

‘चुनाव गर भन्नुहुन्छ कि सहमति गर्नुपर्छ यो तुरुन्त गरौँ हैन भने नत्र मैले स्टपे चाल्नु पर्ने हुन्छ भनेर जानकारी गराएको छु । आजको बैठक समितिको सभापति चयनबारे नै थियो । त्यसैमा छलफल भयो । यसलाई अविलम्ब टुङ्ग्याउने समझदारी भयो । निर्वाचनचाहिँ हुन्छ तर, सहमतिमा हुन्छ कि कसो हुन्छ । अब हामी त्यसतर्फ लाग्छौँ।’



त्यस्तै विभिन्न विधेयकहरू अघि बढाउन समितिको नेतृत्व आवश्यक छ भन्ने निचोडमा पनि छलफल पुगेको उनको भनाई छ । 

त्यसैसरि कानुनमन्त्री धनराज गुरुङले समितीको सभापति चयन गर्ने कुरा पूर्ण रूपमा सहमत भएको बताएका छन् । 

‘लामो सामयदेखि समितिको सभापति चयन हुन सकेको थिइन तर आज समितिको सभापति चयन गर्ने कुरा पूर्ण रूपमा सहमत भएको छ । ’



उनले राजनीतिक रूपमा देखिएको विकृति विसङ्गतिलाई समाधान गर्दै लैजाने कुरामा सहमत भएको समेत बताएका छन् । 

Support Nepali Journalism

Author