आकाशे पानीको भरमा रोपाई गर्ने मुगुका किसानले ५० प्रतिशत धान रोपे
मुगु । आज राष्ट्रिय धान दिवस, मुगुमा बिभिन्न कार्याक्रम गरी धान दिवस मनाईएको छ । मुगुको चार भेग मध्य धान उत्पादन हुने खत्याड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन । असार मध्यसम्म जिल्ला भरमा करिब ५० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा फरक–फरक हावापानीका कारण समयमा आकाशे पानी नआउँदा जेठको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म यहाँका विभिन्न क्षेत्रमा धान रोपाइँ चल्ने गर्दछ ।
मुगुको हावापानी नमिल्ने कतै चिसो र कतै गर्मी हुने भएका कारण कुनै ठाउँमा चैतको २० तिर धानको बेर्ना राखेर जेठको तेस्रो सातातिर रोपिन्छ भने कुनै क्षेत्रमा वैशाख १५ मा बेर्ना राखेर जेठको ३० तिर रोपिन्छ । औल क्षेत्रमा भने जेठ २५ तिर बेर्ना राखेर असारको १५ मा रोप्ने गरिन्छ । कुनै ठाउँमा साउन दोस्रो सातासम्म धान रोप्ने गरिन्छ ।
देशभरि राष्ट्रिय धान दिवस मनाउने क्रममा आज मुगु जिल्लामा सरकारी कार्यालयका कर्मचारी ,अन्य व्यक्ति खेतमा भेला भई डोरी तानातान गर्दै दोहोरी र देउडा गीत गाए ।
छाँयानाथ रारा नगरपालिका ५ का कृषक बहादुर दमाई भन्छन – यसरी धान दिवस मनाउदा निकै खुसी लाग्यो तर कृषकका पीडा धेरै छन । रोपाई गर्ने खेतमा सिंचाई कुला छैन, आकाशे पानीको भरमा धान रोप्ने गरेका छौं । समयमा आकाशबाट पानी आउँदा राम्रो बाली हुने यो बर्ष आकाशबाट पानी ढिलो आउँदा रोपाई गर्न निकै दुःख भएको छ, यही कारण हालसम्म धान ५० प्रतिशत मात्र रोपेको छौं । ’
मुगु जिल्लामाको कुल क्षेत्रफल १६ हजार १ सय ३५ खेतियोग्य क्षेत्रफल मध्य धान रोपाई हुने कुल क्षेत्रफल ९ सय २१ रहेको छ । जस्को ५० प्रतिशत क्षेत्रमा धान रोपाई भईरहेको छ । मुगुमा लोक्कल रातो रैथानी, चन्दननाथ १,२, चाईचु , घडियालगायत अन्य ४ ÷ ५ प्रजातिका हावापानी सुहाउँदो जातका धानको जात किसानले प्रयोग गर्ने गरेका छन । विशेष गरी मुगु जिल्लाभरि आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । आयात चामल ,समयमा आकाशबाट पानी नर्पनु ,खडेरीको कारण विगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुमा केही धान खेति लोप हँुदै गएको जिल्ला कृषि विकास कार्यालय मुगुका चन्द्रबहादुर शाहीले बताए ।