उद्घाटन भएको दुईवर्षसम्म धरहराको निर्माण किन सकिएन ? सांसद मिश्र
काठमाडौं । सांसद नारायण दत्त मिश्रले आफू सत्तामा बस्दा सब राम्रो देखिने विपक्षमा बस्दा सब विग्रिएको देख्ने प्रवृति सुधार हुनुपर्ने बताएका छन् ।
आईतबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने ‘आफु सत्तामा रहँदा पृथ्वी संधै गोलो देख्ने,सुर्य रातो देख्ने तर सत्ताबाट प्रतिपक्षमा गएको बेला सुर्य निलो देख्ने र पृथ्वी चेप्टो देख्ने ।
तसर्थ हामीले आफूले सत्तामा बस्दा जे बोलेका छौं प्रतिपक्षमा बस्दा खेरि पनि हाम्रा कुराहरु नकाटिउन । त्यसैलाई हामीले अगाडी बढोन सक्नु पर्छ ।’
धरहरा उद्घाटन भएको दुईवर्ष वितिसक्दा पनि निर्माण नसकिएको प्रति सरकारको ध्यानाकर्षण गराए । ‘मलाई उद्धघाटनको कुरा खट्केको छ । धरहराको उद्धघाटनको कुरा खट्केको छ । उद्धघाटन भएको २ वर्ष वितसिक्दा पनि अझै धरहरा बनेको छैन । त्यो मात्र हैन यस्तो कुरामा बजेटको व्यवस्था भएन् ?














