जसपाको विधान अधिवेसन आजबाट सुरू हुदैँ
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेसन आजबाट सुरू हुँदैछ ।
विधान अधिवेसनको मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकबाट अनुमोदन गरिएको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो ।
आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी लगायतबाट देशभरी गरी करिव ८ सय प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ, दोस्रो दिन सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ र तेस्रो दिन विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यसूचि तयार पारिएको छ ।














