बेलायतमा नेपालबाट स्वास्थ्य क्षेत्रका कामदार जान पाउने
बेलायतमा कामदारका रुपमा नेपालीहरु जाने क्षेत्र बढ्ने भएको छ ।
नेपाल सरकारको मंगलबार बसको मन्त्रिपरिषद् बैठकले बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौत कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो । श्रम सम्झौता कार्यान्व्यन (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत भएकाले अब बेलायतमा काम दार पठाउन बाटो खुलेको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
नेपाली नर्स बेलायत लाने विषयमा घनीभूत छलफल
नेपालबाट नर्सिङ तथा स्वास्थ्य क्षेत्रका कामदार पठाउने तयारी गरिएको छ । श्रम सम्झौता अनुसार अब नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स बेलायत जान पाउने छन् ।














