गौरवका आयोजनाको परिभाषा फेरिन आवश्यक छ : पूर्व अर्थमन्त्री खतिवडा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले, सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरेका छन् ।
काठमाडौंमा आयोजित सोह्रौँ योजनाको सन्दर्भ र राष्ट्रिय आकाङ्क्षा विषयक कार्यक्रममा पूर्व गर्भनर समेत रहेका खतिवडाले, विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको तर्क गरे ।
‘ हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छाँै । गेम चेन्जर भनेका छौँ । यो भनेका छौँ अनि त्यो भनेका छौँ । विभिन्न किसिमले गरेका छौँ अनि कम्प्लिकेटेट बनाई राखेका छौँ ।’
उनले भने ‘ मेरो अनुरोध के हो भने हामी पनि सरकारमा बसीसकेका छौ । सबैभन्दा बढी गाली खाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् । गौरव गर्न लायकका भनेका आयोजना भनेका गौरवका आयोजना भनेका गौरव गर्न लायक आयोजना हुन् ।’
उनले आफूलाई गौरवका आयोजना व्यक्तिको सनकमा नभई आवश्यकता र औचित्यले पुष्टि हुनुपर्ने उनको तर्क छ ।