नेपाल सहित चार देशका लागि ‘टीपीएस’ १८ महिना थप, फेडरल रजिष्टर प्रकासित
हालको लाभार्थीले जुन ३०,२०२४ पछि पुन: दर्ता गर्नुपर्ने
वासिङ्टन,अमेरिका / नेपाल सहित एल साल्भाडोर, होन्डुरस र निकारागुआका लागि १८ महिना थप गरिएको टेम्पररी प्रोटेक्टर स्टाटस (टीपीएस) को सूचना मंगलवार फेडरल रजिष्टरमा प्रकासित गरिएको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले जुन १३ मा टीपीएसको समयवादी थप गरेको हो। फेडरल रजिष्टरमा प्रकासित भए पछि यसले बैधानिकता पाउछ।
होमल्याण्ड सेक्युरिटीका सचिव अलेजान्ड्रो एन. मेयोर्कासले आन्तरिक एजेन्सीसँग परामर्श गरी एल साल्भाडोर, होन्डुरस, नेपाल र निकारागुआमा चलिरहेको अवस्थालाई विचार गरेर टीपीएस विस्तार गर्ने निर्णय गरेको बताए।
सम्वन्धि देशका लागि टीपीएस विस्तार गर्न आवश्यक छ की छैन भने आफ्ना एजेन्सीहरुले विश्वभरका अवस्थाहरूलाई नजिकबाट निगरानी गरिहरेको सचिव मेयोर्कासले बताए।
लाभार्थीहरूले १८ महिनाको विस्तारमा आफ्नो टीपीएस कायम राख्न पुन: दर्ता गर्नुपर्छ। डीएचएसले हालका लाभार्थीहरूका लागि टीपीएस सम्बन्धित कागजातहरूको वैधतालाई जुन ३०, २०२४ सम्म विस्तार गरेको थियो।
नेपालले जुन २४ २०१५ देखि टीपीएस पाउदै आएको छ। १४ हजार पाँच सय नेपालीले यसबाट लाभ लिदै आएका छन्। टीपीएस भनेको अमेरिकामा रहेका तर काजपत्र नभएकाहरुलाई बैधानिकता दिने व्यवस्था हो। महाभूकम्प पछि अमेरिकाले नेपालका लागि टीपीएस दिएको हो।