नागरिकता विधेयक तत्काल कार्यान्वयन ल्याउन माग गर्दै नागरिकताविहीनहरु निरन्तर प्रदर्शनमा
काठमाडौं । नागरिकता विहीन संघर्ष समितिले नागरिकता विद्येयक तत्काल कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतको आदेशको विरुद्धमा विरोध गरेका छन् ।
सदनबाट दुईपटक पारित भएको नागरिकता विधेकलाई स्वत प्रमाणिकरण नगरेर पूर्व राष्ट्रपति भण्डारीले संविधानलाई कुल्चिएको भन्दै मंगलवार काठमाडौंको माईतीघरमा विरोध गरेका हुन् ।
प्रदर्शनको क्रममा बोल्दै नागरिकता पीडित सागर यादवले नागरिकता विद्येयकलाई पारित नगरेर सरकारले आफुहरुलाई अन्याय गरेको बताए ।
”नेपालको संविधानमा भएको व्यवस्था र अधिकार बमोजिम यो नागरिकता ऐन आएको हो । दुई पटक सदनबाट पारित भएको नागरिकता ऐन राष्ट्रपति विद्या देवी भण्डारीले धारा ११३ को उपधारा ४ बमोजिम दोस्रो पटक सदनबाट पारित भएर आईसकेको नागरिकता विधेकलाई स्वत पारित तथा प्रमाणिकरण गनुपर्ने हो । तर त्यो फाईललाई दराजमा थन्काउनु भयो र संविधानलाई नै उहाँले कुल्चिनु भयो भन्ने मलाई लागेको छ ।’

उनले भने,’सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल जीले प्रमाणकरण गनुभयो । भोली नागरिकता पाउछौं भनेर हामी खुसी भएका थियौं तर कालो कोट लागाएका दुई जनाले अदालतमा मुद्दा हाल्दिए । यीनीहरु राष्ट्रघाती हो भनेर त्यसपछि अल्पकालीन रोक लगााईयो र यसको मिति सारेको सारै छ ।’
आफुहरुले यो विषयमा कुरा उठाएको १७ दिन भईसक्दा पनि आफुहरुको माग सम्बोधन नभएको पीडितहरुको भनाई छ ।














