दश बुँदे ‘केन्टकी घोषणा पत्र’ जारी गर्दै प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभा सम्पन्न
राजु तिमिल्सिना
केन्टकी, अमेरिका / दश बुँदे ‘केन्टकी घोषणा पत्र’ जारी गर्दै प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभा शनिवार राती सम्पन्न भएको छ।
केन्टकी राज्यको लेक्जिन्टनमा भएको साधरण सभामा नेकपा एमाले महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख डा.राजन भट्टराईले सम्वोधन गरेका थिए।
साधरण सभाले आगामी वर्षका कार्यक्रम तय गर्दै दश बुँदे घोषणा जारी गरेको हो।
केन्टकी घोषणा पत्र २०२३
जुन १७, २०२३
प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको वार्षिक साधारण सभाले दश बुँदे कन्टकी घोषणा पत्र जारी गरेको छ । जुन निम्नानुसार रहेका छन्
१. समृध्द नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गर्दछ ।
२. प्रवासी नेपाली मञ्च अमरिकाको कानूनबमोजिम ५०१ सी मा दर्ता भएको संस्था हो । यसमार्फत् सामाजिक, सांस्कतिक कामलाई अगाडि बढाउन मूलतः युवा विद्यार्थी, व्यवसायी र विषयविज्ञहरूको बीचमा सदस्यता अभियान सञ्चालन गरी राज्य कमिटीहरू गठन गर्ने । सम्बन्धित राज्य कमिटीले आफ्नो कार्यकालमा कम्तीमा दुईवटा सामाजिक काम गर्ने ।
३. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।
४.विदेशमा रहेका नेपालीहरूलाई नागरिकता लगायतका हक स्थापित गराउँदा नेपाल राष्ट्रको दीर्घकालीन राष्ट्रिय हित र समृध्दिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने ठहर गर्दै पूर्ण अधिकारसहितको नागरिकता प्रदान गर्ने विषयमा सहजीकरणका लागि नेपालका राजनीतिक दल, नेपाल सरकार र जनसमुदायलाई हार्दिक आग्रह गर्दछ ।
५. गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका विगत लामो समयदेखि सही बाटोमा हिड्न सकेको छैन । एनआएनए लाई सबै नेपालीहरूको छाता संस्थाको रूपमा विकास गर्ने असल, इमान्दार र ‘भजनरी व्यक्तिहरूको नेतत्व र नीतिगत सपष्टताको लागि आउँदो एनआरनए निर्वाचनमा सक्दो पहल गर्ने ।
६. अमेरिकामा नयाँ पुस्तालाई संस्कृति, देशप्रेम र नेपालप्रति अपनत्वलाई बढावा दिन नयाँ पुस्ताकेन्द्रित कार्यक्रम गर्ने ।
७. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ ।
८. नेपालको खासगरी ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरूको शैक्षिक विकासमा टेवा पुर्याउन आगामी दुई वर्षभित्र केही जिल्लालाई नमूनाको रूपमा ‘ओएनएफ छात्रवृत्ति’ स्थापना गर्ने ।
९. नेपालको समावेशी समृध्दि हासिल गर्नकृषि, जलस्रोतलाई प्राथमिक क्षेत्रका रूपमा विकास गर्दै उद्योग र सेवा क्षेत्र सँगै विकसित हुने हुनाले यी क्षेत्रमा नीतिगत योगदान र लगानी प्रवर्ध्दनका लागि योगदान पुर्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।
१०. नेपालको जैविक विविधता, भूपर्यावरणीय तथा हिमाली स्रोतहरूको संरक्षणलाई उच्च प्राथमिकता दिँदै दीगो विकासको अन्तर्राष्ट्रिय अभियानलाई समेत टेवा पुर्याउने अभिप्रायले आन्तरिक रूपमा प्रदूषण न्यूनीकरण गर्ने नीतिगत तथा प्राविधिक व्यवस्था गर्नुका साथै वायुमण्डलीय माध्यमबाट प्रवेश गर्ने बाह्य प्रदूषण रोक्ने व्यवस्था गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय भूमिका खेल्न नेपाल सरकारलाई आव्हान गर्दछ ।
र यो पनि…
अमेरिकामा कार्यकर्ता माझ जङ्गिए एमाले महासचिव पोखरेल,गरे अध्यक्ष ओलीको बचाउ
अमेरिका ओर्लिए लगतै एमाले महासचिव पोखरेलले भने : ‘राजनीतिक अस्थिरता र अराजकताले देश संकटमा’













