२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज आईतवार सुनचादीँको मूल्य बढेको छ ।
शुक्रवार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोवार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य शुक्रवार प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ ।
यस्तै आज, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।














