एनआरएनए अमेरिका निर्वाचन : बुद्धि सुवेदीको होम टाउनबाट डिलु पराजुलीको ‘श्रीगणेश’
विस्कन्सिन, अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदका उमेदवार डिलु पराजुलीले विस्कन्सिसबाट आफ्नो चुनावी अभियान शुरु गरेका छन्।
एनआरएनए अमेरिकाको हालका उपाध्यक्ष पराजुलीले जुन दश तारिक आफ्नै गृहराज्य केन्टकीमा औपचारिक रुपमा उमेदवार घोषणा गरेका थिए।
त्यस पछि पराजुलीले शुक्रवार आफ्नो पहिलो चुनावी सभा विस्कन्सिनकव एप्पल्टनमा गरेका हुन्। विस्कन्सिस एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष बुदुदि सागर सुवेदी गृहराज्य हो।
पराजुलीलाई आफ्नो राज्यमा स्वागत गरेका सुवेदी कार्यक्रममा भने देखिएनन्। यद्पी उनीकी धर्मपत्नि भुमादेवी सुवेदीले कार्यक्रममा उपस्थित थिइन्।
पराजुलीको चुनावी सभाको लागि आयोजित कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिका विस्कन्सिन च्याप्टरका सभापति दिपक थापाले गरेका थिए।
नेपाली जनसम्पर्क समिति अमेरिका, वेसकन्सिन च्याप्टरका सभापति राजु ओझालाई प्रमुख अतिथि बनाइएको थियो।
नेपाली एप्पलटन युवा संघ अध्यक्ष राधिका भण्डारी, निवर्तमान अध्यक्ष, हरिराज खनाल, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार, लाल प्रसाद काफ्ले, हरिहर पौडेल, हालका सल्लाहाकार तथा सदस्य प्रमाणिकरण समिति सदस्य गोबिन्द श्रेष्ठ कार्यक्रममा सहभागि भए।
गौरा समाज वेसकन्सिनका अध्यक्ष बासु जोशी, नेपाली जनसम्पर्क समिति अमेरिका, वेसकन्सिन च्याप्टर उपाध्यक्ष राजकुमार हमाल, महासचिव महेन्द्र बस्नेत , एनआरएनए अमेरिका विस्कन्सिस च्याप्टरका उपाध्यक्ष शिब गुरुङ, संस्थापक हेम देवकोटा पराजुलीलाई शुभ कामना दिन कार्यक्रम स्थल पुगेका थिए।
जीपिके फाउनडेसन अमेरिका उपाध्यक्ष तथा एनआरएनए अमेरिका सदस्यता प्रमानिकरण समिति प्रमुख
रामजी मरासिनी, सामाजिक अभियन्ताहरु तर्क ओझा, सुन्दर हमाल, हरि अधिकारी, भीमसेन थापा, हेम शर्मा पनि पराजुली मोर्चामा सहभागि भए।
सरु शर्माले संचालन गरेको कार्यक्रममा वरिष्ट उपाध्यक्षका उमेदवार अन्जन चौलागाई,
महासचिवका उमेदवार रामहरी अधिकारी, महिला उपाध्यक्षकी उमेदवार सुन्दरी गुरुङ र बोर्ड सदस्य दुर्गा तिवारी भोट माग्न पुगेका थिए।
‘आसन्न निर्वाचनमा हाम्रो उम्मेद्वारी तथा भेटघाट कार्यक्रममा उत्साहजनक रुपमा उपस्थिति हुनु भई हाम्रो कार्यक्रमलाई सफल बनाइदिनु हुने एप्पल्टन, विस्कन्सिनका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी ज्यू हरु, एनआरएनए तथा सामाजिक अभियन्ता ज्यूहरू, संचारकर्मी ज्यू हरु र सम्पूर्ण आमा बुबा, दिदीबहिनी तथा दाजुभाई हरु प्रति हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दछौ।’ सभा पछि पराजुलीले धन्याद ज्ञापन गर्दै भनेका छन्।
एनआरएनए अमेरिका निर्वाचन आयोगले जुलाई १७ र १८ लाई मतदानको दिन तोकेको छ। अध्यक्षका लागि अहिले सम्म पराजुली सहित डा अर्जुन बञ्जाडेले उमेदवारी घोषणा गरेका छन्।
विस्कन्सिन, अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदका उमेदवार डिलु पराजुलीले विस्कन्सिसबाट आफ्नो चुनावी अभियान शुरु गरेका छन्।
एनआरएनए अमेरिकाको हालका उपाध्यक्ष पराजुलीले जुन दश तारिक आफ्नै गृहराज्य केन्टकीमा औपचारिक रुपमा उमेदवार घोषणा गरेका थिए।
त्यस पछि पराजुलीले शुक्रवार आफ्नो पहिलो चुनावी सभा विस्कन्सिनकव एप्पल्टनमा गरेका हुन्। विस्कन्सिस एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष बुदुदि सागर सुवेदी गृहराज्य हो।
पराजुलीलाई आफ्नो राज्यमा स्वागत गरेका सुवेदी कार्यक्रममा भने देखिएनन्। यद्पी उनीकी धर्मपत्नि भुमादेवी सुवेदीले कार्यक्रममा उपस्थित थिइन्।
पराजुलीको चुनावी सभाको लागि आयोजित कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिका विस्कन्सिन च्याप्टरका सभापति दिपक थापाले गरेका थिए।
नेपाली जनसम्पर्क समिति अमेरिका, वेसकन्सिन च्याप्टरका सभापति राजु ओझालाई प्रमुख अतिथि बनाइएको थियो।
नेपाली एप्पलटन युवा संघ अध्यक्ष राधिका भण्डारी, निवर्तमान अध्यक्ष, हरिराज खनाल, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार, लाल प्रसाद काफ्ले, हरिहर पौडेल, हालका सल्लाहाकार तथा सदस्य प्रमाणिकरण समिति सदस्य गोबिन्द श्रेष्ठ कार्यक्रममा सहभागि भए।
गौरा समाज वेसकन्सिनका अध्यक्ष बासु जोशी, नेपाली जनसम्पर्क समिति अमेरिका, वेसकन्सिन च्याप्टर उपाध्यक्ष राजकुमार हमाल, महासचिव महेन्द्र बस्नेत , एनआरएनए अमेरिका विस्कन्सिस च्याप्टरका उपाध्यक्ष शिब गुरुङ, संस्थापक हेम देवकोटा पराजुलीलाई शुभ कामना दिन कार्यक्रम स्थल पुगेका थिए।
जीपिके फाउनडेसन अमेरिका उपाध्यक्ष तथा एनआरएनए अमेरिका सदस्यता प्रमानिकरण समिति प्रमुख
रामजी मरासिनी, सामाजिक अभियन्ताहरु तर्क ओझा, सुन्दर हमाल, हरि अधिकारी, भीमसेन थापा, हेम शर्मा पनि पराजुली मोर्चामा सहभागि भए।
सरु शर्माले संचालन गरेको कार्यक्रममा वरिष्ट उपाध्यक्षका उमेदवार अन्जन चौलागाई,
महासचिवका उमेदवार रामहरी अधिकारी, महिला उपाध्यक्षकी उमेदवार सुन्दरी गुरुङ र बोर्ड सदस्य दुर्गा तिवारी भोट माग्न पुगेका थिए।
'आसन्न निर्वाचनमा हाम्रो उम्मेद्वारी तथा भेटघाट कार्यक्रममा उत्साहजनक रुपमा उपस्थिति हुनु भई हाम्रो कार्यक्रमलाई सफल बनाइदिनु हुने एप्पल्टन, विस्कन्सिनका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी ज्यू हरु, एनआरएनए तथा सामाजिक अभियन्ता ज्यूहरू, संचारकर्मी ज्यू हरु र सम्पूर्ण आमा बुबा, दिदीबहिनी तथा दाजुभाई हरु प्रति हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दछौ।' सभा पछि पराजुलीले धन्याद ज्ञापन गर्दै भनेका छन्।