राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । गएराती स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिएको छ ।
शुक्रवार राती अस्वस्थ देखिएपछि पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको र आज बिहान थप उपचारका लागि मनमोहन रिफर गरिएको छ ।
राष्ट्रपति पौडेललाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ । सिसियुमा उपचार भैरहेको छ तर, एक दिनभरी चिकित्सकको निगरानीमा उहाँलाई राखिने हुदाँ तत्काल डिस्चार्ज गर्ने सम्भावना छैन् ।’
अघिल्लो महिना मुटुमा समस्या देखिएर उपचारपछि घर फर्किएका पौडेल पुनः बिरामी परेका छन् । मुटुमा समस्या देखिएको बताईए पनि हाल उनलाई के भएको भन्ने विषय सार्वजनिक गरिएको छैन् ।












