पेन्टागन पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको मृत्यु
अमेरिका । पेन्टागनका पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको हो ।
परिवारले एक विज्ञप्तिमा उनको मृत्युको पुष्टि गरेको छ। परिवारले दिएको जानकारी अनुसार उनले ९२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् । उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कागजातहरू लीक गरे।
ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १:२४ मा, प्यान्क्रियाटिक क्यान्सरको चार महिनापछि निधन भयो। उनले अन्तिम सास लिँदा उनको परिवार उनको साथमा थियो। उनले कुनै पीडा महसुस गरेन र घरमै शान्तिपूर्वक अन्तिम सास लिए।
गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।















