नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले प्रत्येक हस्ताक्षर घुस खुवाउने र खाने कार्यको लागि मात्र भएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित बर्जर बिजनेस सम्मेलनमा उनले ५० वर्षमा देशमा धेरै गलत प्रवृति हावि भएको दाबी गरे ।
‘नेपालमा प्रत्यक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्नेछौं । घरमै बसेर काम गर्न सक्ने बद्मासी गरेको छ भने पनि पछि पक्रिन सकियोस् । तर हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गनुपर्छ । ’
उनले सबै व्यवसायलाई व्यापार सुरु भएदेखि टाट पल्टेको अवस्था सम्मको अवस्थालाई सुधार गर्ने बताए ।
राज्यको ढुकुटी राम्रो भय मात्र हरेक क्षेत्रले विकास मोड लिने उनको भनाई छ ।














