आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअपमा नेपाल र युएई भिड्दै
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेका नेपाल र युएईबीच आज वार्मअप अभ्यास खेल हुदैछ ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा वार्मअप खेल हुन लागेको हो ।
जिम्बावे पुग्नु अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको नेपाल दक्षिण अफ्रिकामा खेलेका दुबै खेल हारेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो ।
नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ ।














