राष्ट्रियसभामा प्रधानमन्त्री : नेपाल र भारतबीच उर्जा व्यापारमा महत्वपूर्ण सम्झौता

Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र नेपालबीच उर्जा व्यापार सम्बन्धि सम्झौतालाई औपचारिक दिन मात्र बाँकी रहेको बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा उनले नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सैद्धान्तिक सहमति भएको भन्दै भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट आयात गर्ने धारणा व्यक्त गरेको पनि बताए ।
उनले भने, ‘ दीर्घकालीन उर्जा व्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट आयात गर्ने भारतको धारणा रहेको बताएका छन् । उर्जा व्यापार सम्बन्धि सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिक दिन मात्र बाँकी छ, जुन छिट्टै सम्पन्न हुदैँछ । ’
प्रधानमन्त्री दाहालले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारत तर्फ जलविद्युत निर्यातको लागि प्रधानमन्त्री मोदिसँग गम्भीर रुपले ध्यानाकर्ष गराएको पनि बताए ।
उक्त सम्झौतामा दुवै देशका उर्जा सचिवहरुले प्रारम्भिक हस्ताक्षर पनि गरिसकेको उनको भनाइ थियो ।