गाली गरेर केही हुनेवाला छैन् : कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, नेतृत्वको विरोध गरेर पार्टी बलियो नहुने बताएका छन् ।
ललितपुरमा, नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा पार्टी सबैभन्दा ठुलो पार्टी बनेको भन्दै विरोध गर्न भन्दा काम गरेर पार्टी बलियो बनाउन निर्देशन दिए ।
‘ नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। यो सत्य कुरा हो, अहिले सबकै ठाँउमा नेवि संघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हार्ने होईन जितेको छ । सानो पार्टी पनि ठूलो पार्टी भएको छ, अब यसलाई अगाडि बढाउनु छ । अझै यसलाई बलियो बनाउनु छ ।’ देउवाले भने ‘ काम गर्नुस्, पार्टी ठूलो बनाउनु, बलियो बनाउनु, गाली गरेर केही हुनेवाला नै छैन् । ’
आफू अब पार्टी सभापति नबन्ने भन्दै नेतृत्वको गालि गर्न भन्दा जनतासंग जान र पार्टी ठुलो बनाउन आश्यक भूमिका खेल्न भने । ‘पार्टी बनाउनको लागि जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतासँग जानुपर्छ, गालि गरेर का पार्टी बन्छ ।’ उनले भने ‘लडाई गर्ने हो ? अहिलेको समय भनेको पार्टीलाई मज्बुद बनाउने हो। मैले पार्टीलाई सहयोग मात्र गर्ने हो । म पार्टी सभापति हुने वाला होईन अब, एकअर्कालाई विरोध गरेर पार्टी बलियो हुदैँन् । सबैजना त्यही गरेर बसे भईहाल्यो नि, त्यो कुरा बुझ्नु प¥र्यो नि ।’
सबै मिलेर अघिबढ्दा पार्टी शक्तिशाली बन्ने उनको भनाई छ ।