भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कदै
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।
४ दिने राजकीय भ्रमणमा बुधबार नयाँ दिल्ली पुगेका प्रचण्डले विहीबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका थिए ।
भ्रमणका क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर भएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको त्यहाँ गएका पत्रकारहरुसँगको कुराकानीमा बताएका छन् ।
प्रचण्ड शुक्रबार भने नयाँ दिल्लीबाट विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका थिए ।
इन्दोरमा रहेको महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पूजापाठ गरेका प्रचण्डलाई त्हाँका मुख्यमन्त्रीले सम्मानमा रात्रीभोजको पनि आयोजना गरेका थिए ।
आज इन्दोरबाट नयाँ दिल्ली आएर अपरान्ह काठमाडौं आउने कार्यतालिका रहेको छ ।