महाकालेश्वरको विशेष पूजा अर्चनाका लागि प्रधानमन्त्री दाहाल भारतको उज्जैनमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैन पुगेका छन् ।
महाकालेश्वर मन्दिरको दर्शन र विशेष पूजा गर्न प्रधानमन्त्री दाहाल उज्जैन पुगेका हुन् । महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले १ सय ८ किलोको रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ ।
यस अघि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको आर्थिक राजधानी इन्दौरमा उत्रिएका थिए । जहाँ उनलाई मुख्य मन्त्री शिवराज सिंह चौहानले परम्परागतरुपमा भव्य स्वागत गरेका थिए ।
इन्दौर विमानस्थलमा उनलाई स्वागत गर्ने क्रममा ठूलो संख्यामा नेपाली मुलका भारतीय नागरिकहरु पनि उपस्थित थिए ।
प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापन कार्यको पनि अवलोकन गरेका छन् ।