ए डिभिजन लिगमा मछिन्द्र दोस्रो स्थानमा उक्लियो
ललितपुर । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार संकटा क्लबले अंक बाँडेका छन् ।
च्यासल मैदानमा आज भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बराबरीसँगै दुवै टिमले तालिकामा एक एक अंक थप्दा समिकरणमा भने कुनै पनि फेरबदल भएन ।
२३ खेलबाट दुवै टिमको २७ अंक भएका छ । थ्रीस्टार ११ औं तथा संकटा १२ औं स्थानमा छ ।
यस्तै, आजै भएको अर्को खेलमा जित निकाल्दै मछिन्द्र क्लब लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा मैदानमा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
मछिन्द्र दोस्रो स्थानमा पुगेपछि जावलाखेल तेस्रो स्थानमा झरेको छ ।
आजको खेलमा मछिन्द्रलाई जित दिलाउनका लागि अफिज ओलाओलेले ह्याट्रिक गर्दा सातदोबाटोका लागि जोर्डन पुन मगरले सान्त्वना गोल गरे ।
जितपछि दोस्रो स्थानमा उक्लिएको मछिन्द्रको तालिकामा २३ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानको चर्च ब्वाइजको समान खेलबाट ४१ अंक रहेको छ ।
सातदोबाटो भने २३ खेलबाट २९ अंकका साथ ताकिलाको छैटौं स्थानमा छ ।