ए डिभिजन लिगमा शीर्ष २ क्लबको जित
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजले फेरि ४ अंकको अग्रता लिएको छ ।
आज भएको खेलमा विभागीय क्लब एपीएफमाथि ४–१ गोल अन्तरको जित निकाल्दै तालिकामा ३ अंक थपेपछि दोस्रो स्थानको जावलाखेल युथ क्लबलाई ४ अंकले पछि पारेको हो । जि
तसँगै चर्च ब्वाइजको अंक तालिकामा ४१ अंक पुगेको छ भने दोस्रो स्थानको जावलाखेलको ३७ अंक रहेको छ । आजको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन कप्तान अनन्त तामाङले २ गोल गर्दा मौसम सुब्बा र आशिष चौधरीले एक एक गोल थपेका थिए । एपीएफका आवास लामिछानेले एक गोल फर्काए ।
तेस्रो मिनेटमै मौसम सुब्बाले गोल गर्दै चर्चब्वाइजलाई सुरुमै अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा अनन्त तामाङले गोल गरेपछि चर्च ब्वाइजले अग्रता दोब्बर बनायो ।
५५ औं मिनेटमा अनन्तले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ८३ औं मिनेटमा आवास लामिछानेले गोल फर्काएपछि एपीफले अग्रता ३–१ मा छोट्यायो ।
तर, ८९ औं मिनेटमा आशिष चौधरीले चर्च ब्वाइजका लागि चौथो गोल गरे । उनको गोलसँगै अन्ततः चर्च ब्वाइज ४–१ गोल अन्तरले विजयी भयो ।
यो नतिजापछि पराजित भएको एपिएफ लिग तालिकामा २३ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै जावलाखेल युथ क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेललाई जित दिलाउन एनकोटो मोसाबीले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे ।
मोसाबीले ५५ औं मिनेटमा गोल गरेपछि जावलाखेलले अग्रता लिएको थियो ।
७८ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेल युथ क्लब जितका साथ स्पष्ट ३ अंक जोड्न सफल भयो ।
जितसँगै जावालखेलले २३ खेलबाट ३७ अंक बनाएको छ ।
जावलाखेल युथ क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको आर्मी भने ३० अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।