मलेसियाविरुद्ध नेपाली महिला टिमको शानदार जित
क्वालालम्पुर । मलेसियाविरुद्धको टी २० क्रिकेटमा नेपाली महिला टिम ७ विकेटले विजयी भएको छ ।
पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा कमब्याक गर्दै मलेसियाले दिएको ९८ रनको लक्ष्य पूरा गरेको हो ।
नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर जित निकाल्न सफल भयो । मेलेसियाविरुद्ध जित निकाल्दा नेपालकी रुविना क्षेत्रीले नटआउट २९ रनको योगदान गरिन् ।
२१ बल फेस गरेकी रुविनाले १ छक्का र ३ चौका प्रहार गरिन् । यसैगरी सिता रानामगरले २३ रनबाउँदा १ छक्का र २ चौका प्रहार गरिन् ।
त्यसैगरी विन्दू रावलले १७ रन बनाउँदा २ चौका हिकाईन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् ।
May be an image of 1 person and text
मलेसियाकी एइसा इलिसा, निक नुर एटलिया र विनफ्रेड डूरसिंगमले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
मलेसियाका लागि मास इलियासले सर्वाधिक २८ रन बनाउँदा वान जुलिया र विनफ्रेडले २०–२० रनको योगदान गरे ।
अनिना हमिजाले १४ रन बनाइन् । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २ विकेकट लिँदा इन्दू बर्मा र कविता कुँवरले एक एक विकेट लिए ।