भारत भ्रमणबारे सकारात्मक सुझाव आएको प्रधानमन्त्रीको भनाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणलाई लिएर आफूलाई सकरात्मक सुझाव प्र्राप्त भएको बताएका छन् ।
सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गरेका उनले संचारकर्मीसंग छोटो कुरागर्दै, आफूले सकरात्मक सुझाव प्राप्त गरेको बताए । आफूले भारत भ्रमणका क्रममा गर्ने सहमति र सम्झौतामा राष्ट्रीय सहमति जुट्ने उनको विश्वास छ ।
‘ पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ज्यूहरुको सुझाव सुने ।’ उनले भने ‘अहिलेसम्म एकदम सकरात्मक छ सबैले राष्ट्रको हितमा सकरात्मक सुझाव दिनुभएको छ । ’
आफूले गर्ने सहमति र सम्झौतामा राष्ट्रिय सहमति हुने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।