सोच्नै र गर्नै नसकेको कार्यहरु गणतन्त्रका कारण सम्भव : मन्त्री रेखा शर्मा
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले पूर्व पश्चिमका संस्कृतिहरु जोडिएका विषयवस्तुहरु पनि फोटो प्रदर्शनीमा जोड्न आवश्यक भएको बताएकी छन् ।
बिहीबार गणतन्त्रदिवसको अवसरमा काठमाडौंमा आयोजित ‘हाम्रो संस्कृति हाम्रो सम्पदा विषयक’ साताव्यापी तस्विर प्रद्धर्शन कार्यक्रममा उनले फोटो प्रद्धर्शनीले संस्कृतिलाई झल्काउने काम गरेको बताइन् ।
उनले भनिन ‘ सबै जम्मा गरिएका फोटोहरुले संस्कृति झल्काउँछ । तर ती पर्याप्त छैनन् । हामीले सुरुवात गरेका छौं । सुरुवात गर्ने सन्दर्भमा थुप्रै पूर्व पश्चिमका संस्कृतिहरु जोडिएका विषयवस्तुहरु जोडिएका छन् । त्यसको लागि निरन्तर खोजी गरिनेछ ।’
उनले सरकारले गणतन्त्र दिवस समीक्षाको साथ मनाउने बताएकी छन् । गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले विभिन्न खालका आन्दोलन,संघर्षहरु, घटना ,परिघटनाहरु र कठिन संघर्षलाई विर्सिन नहुने पनि बताइन ।
आम नेपालीले सोच्नै नसकेको र गर्न नसकेको कार्यहरु गणतन्त्रको कारणले सम्भव भएको उनको भनाइ छ ।