मन्त्रिपरिषद बैठक निर्णय : विदेशबाट नेपाल फर्कदा दुईवटा मोबाइल बोक्न पाइने
काठमाडौँ / सरकारले विदेशबाट नेपाल फर्कदा दुईवटा मोबाइल बोक्न पाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले वैदेशिक रोजगारीबाट फर्कने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल बोक्न पाउने व्यवस्था गरेको हो। यस अगाडि आफुले चलाएको मोबाइल मात्र बोक्न पाउने व्यवस्था थियो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो।
यसअघिको व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो ।
मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ । सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने मन्त्री शर्माले बताइन् । साथै मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ ।














