पेन्सिलभेनियाको ल्यानक्यास्टरमा यसरी मनाइयो बुद्ध जयन्ती (भिडियो सहित)
पेन्सिलभेनिया,अमेरिका / २५ सय ६७ औं बुद्ध जयन्ती पेन्सिलभेनियाको ल्यानक्यास्टरमा सामुहिक रुपमा मनाइएको छ।
बुद्धिष्ट कम्युनीटी अफ ल्यानक्यास्टर पेन्सिलभेनियाले आइतवार सामुहिक रुपमा बुद्ध जयन्ती मनाउने व्यवस्था गरेको हो।
माउन्टभिलको प्रिमरोज लेनमा (306 Primrose Lane,Mountville pa 17554) रहेको ल्यानक्यास्टर एडल डे केयर सेन्टरको हलमा बुद्धको प्रतिमा स्थापना गरि जन्म जयन्ती मनाइएको हो ।
बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पा, लामाहरु पेमा गुरुङ, कर्मा ओङचुक शेर्पा, छिरिङ्ग शेर्पा र जीत तामाङले विधिसम्वत पूजापाठ गरेका थिए।
विहान दश बजेबाट शुरु भएको पुजा पाठ साँझ चार बजे सम्म चलेको थियो।
खेन्पो पेम छिरी शेर्पाले बौद्ध धर्म र बुद्ध जयन्तीका बारेमा प्रवचन दिएका थिए।
कार्यक्रमको अन्तिममा बुद्धिष्ट कम्युनीटी अफ ल्यानक्यास्टरका सचिव मन तामाङले उपस्थित सबैमा धन्यवाद दिएका थिए।
तामाङका अनुसार ल्यानक्यास्टरमा सामुहिक रुपमा बुद्ध जयन्ती मनाइएको यो दोस्रो पटक हो।
भिडियो
बुद्ध जयन्ती किन मनाउने ? बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पाको प्रवचन















