ल्यानक्यास्टरमा अप्सरा उप्रेतीलाई सम्मान
ल्यानक्यास्टर,पेन्सिलभेनिया/ पेन्सिलभेनियाको ल्यानक्यास्टरमा रहेको मिलर्सभिल विश्वविद्यालयबाट हालै मात्र स्नाकत्तोर तह उतृर्ण (मास्टर डिग्री हासिल) गरेकी अप्सरा उप्रेतीलाई सम्मान गरिएको छ।
ल्यानक्यास्टर एडल डे केयरका संचालक द्वय दाजुभाई कमल काफ्ले र दधि काफ्लेको तर्फबाट अप्सरालाई सम्मान गरिएको हो।
डे केयरको हलमा आइतवार आयोजित बुद्ध जयन्ती समारोहको अवसरमा अप्सरालाई सम्मान गरिएको हो। दधिले अप्सरालाई कदर पत्र प्रदान गरेका थिए।
बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पाले अप्सरालाई खदा लगाइदिदै बधाई दिएका थिए।
गीताशर भजन समितिका तुलसी राम पोखरेलले अप्सरालाई बधाई दिदै उनको सफलताले समुदायका लागि प्रेरणा हुने विचार व्यक्त गरे।
‘ल्यानक्यास्टरमा आएर पढाइ शुरु गरेर मास्टर डिग्री हासिल गर्नेमा नेपालीभाषी समुदायबाट अप्सरा पहिलो हुन्,त्यसकारण भोलीका दिन अन्यलाई पनि प्रोत्साहन मिलोस भनेर हामीले नगद सहित सम्मान गरेका हौ।’ समाज टाइम्स सँग दधि काफ्लेले भने।’अप्सराले हाम्रो समुदायमा पढ्नु पर्छ भन्ने सन्देश दिएकी छिन्। ‘
सम्मान पछि अप्सराले मिलर्सभिल विश्वविद्यालयबाट समाज सेवामा मास्टर डिग्री हासिल गरेको बताइन। उनले आफुले अब आप्रवासी शिक्षा (माइग्रेन एजुकेशन) काम गर्ने बताइन।
भिडियो















