टेक्सासमा नेपालीद्वारा घरवार बिहिनलाई खाना वितरण
टेक्सास, अमेरिका/नेपाली समुदायका अगुवाहरुद्वारा स्थापित संस्था एचडिएनपी ईन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका होमलेस (घरवार बिहिन) हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रका घरवारबिहिनहरुको अवस्था दयनिय रहेकाले उनीहरुलाई रहात पुगोस भनेर हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्न लागिएको हो । सन २०२३ डिसेम्बर सम्मका कम्तिमा पनि दुई हजार जना होमलेश (घरवारबिहिन) हरुलाई खाना तथा लुगाकपडा बितरण गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।
‘बिगतमा हामीले बिशेष अवसर पारेर होमलेस (घरवारबिहिन) हरुलाई खाना तथा लुगकपडाहरु बितरण गर्दै आएका थियौं । तर हामीले घरवारबिहिनहरुको आबश्यकता महसुस गरि सन् २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्ने प्रयास गरिरहेका छौं।’एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यले बताए।

संस्थाले मौषम अनुसार खानाहरु, फलफुल तथा न्यानो लुगाको रुपमा ब्ल्याङ्गकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरु बितरण गर्दै आएको जनाएको छ ।
सन २०२३ को जनवरीदेखि हालसम्म तीन सय ४४ जना घरवार बिहिनहरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्टवर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लुगाकपडा बितरण गरिएको थियो । एचडिएनपी ईन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवारबिहिन ब्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।
आचार्यका अनुसार एचडिएनपी ईन्टरनेशनलसँग घरवारबिहिन ब्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । संस्थाले हरेक बर्ष डिसेम्बर महिनामा संस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने डोनेशन रकम नै संस्थाको आम्दानीको श्रोत हो ।

एचडिएनपी ईन्टरनेशनले सन्चालन गरेका कार्यक्रमहरुबाट घरवारबिहिनहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । एचडिएनपी ईन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो संस्था हो । एचडिएनपी ईन्टरनेशनलले सन्चालन गरिरहेको होमलेस (घरवारबिहिन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्याँकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरुस्कृत समेत गरेको थियो ।














