तत्काल सरकारमा जादैनौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका छन् ।
चितवन २ बाट विजयी भएपछि कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका रविले यस्तो बताएका हुन् ।
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय भने व्यक्त गरे । लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाए ।
कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति–कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताएका छन्।
उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको प्रष्ट गरे ।
उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताउँदै आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए ।
बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गरेका थिए ।
।
लामिछानेले रमेश खरेलजस्ता व्यक्तिको प्रवेशलाई नै आफूहरूले जितका रूपमा लिएको उल्लेख गरे ।