मेरील्याण्डमा नेपाली पाठशाला विद्यार्थीले मनाए ‘पृथ्वी दिवस’ (भिडियो सहित)
मेरील्याण्ड,अमेरिका/ हिन्दु बुद्ध मन्दिरले संचालन गरेको नेपाली पाठशालाका विद्यार्थीले पृथ्वी दिवस मनाएका छन्।
मेरील्याण्डको हारफोर्डमा रहेको मन्दिर परिषरमा आइतवार पृथ्वी दिवस मनाइएको हो। कार्यक्रममा नेपाली पाठशालाका विद्यार्थीले पृथ्वीका बारेमा आआफ्नो प्रस्तुति दिएका थिए।
यसै गरि डेलिगेड ह्यरी भण्डारी, नेपाली पाठशालाका संयोजक तरुण पौडेल, इन्टरफेथ पाटनरसिप अफ चेसपिककी कार्यक्रम निर्देशक बोनी सोराक लगायतले पृथ्वी दिवसका बारेमा प्रकास पारेका थिए।
कार्यक्रममा यूनिभर्सिटी अफ डेलाभरका प्रोफेसर म्याके जेनकिन्स, यूनिभर्सिटी अफ मेरील्याण्डका प्रोफेसर लिला बहादुर कार्कीले पनि आ आफ्नो भनाइ राखेका थिए।
सोही कार्यक्रममा डेलिगेड भण्डारीले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए। आआफ्नो क्षेत्रमा पुर्यएको योगदानको कदर गर्दै सम्मान पाउनेहरुमा जस्वीन सुवेदी, कुल गुरुङ, रामचन्द्र अधिकारी र श्रीकृष्ण रेग्मी थिए।
यसै गरि मन्दिरका पुजारी केभिन ‘गंगादास’ बोनी सोराक, प्रोफेसरद्वय जेनकिन्स र कार्कीलाई पनि सम्मान गरिएको थियो।
मन्दिरले संचालन गरेको नेपाली पाठशालाको नेपाली भाषा कक्षामा ५३ जना बालबालिका अध्ययनरत छन्।
संयोजक पौडेलका अनुसार हप्ताको एक दिन हरेक आइतवार भाषा कक्षा संचालन हुदै आएको छ। भाषा कक्षमा सहभागिहरुलाई समय समयमा अतिरिक्त कार्यक्रम गर्ने गरिएको छ। त्यसै अनुरुप उनीहरुलाई पृथ्वीका बारेमा बुझाउन आइतवारको कार्यक्रम गरिएको हो।
कार्यक्रमको भिडियो














