बेलायती प्रधानमन्त्री सुनकलाई झड्का, उपप्रधानमन्त्री राबले दिए राजीनामा
लण्डन । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि दुव्र्यवहार गरेको आरोप लागेका बेला उनले यो निर्णय लिएको बताइएको छ ।
जानकारीका अनुसार राबमाथि न्याय मन्त्रालय र ह्वाइटहलका अन्य विभागमा धम्की दिएको आरोप लागेपछि उनले न्याय सचिव र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
वरिष्ठ कन्जरभेटिभ सांसदलाई मानिसहरूलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो। यस विषयमा पटकपटक गुनासो पनि परेको छ । मिडिया रिपोर्टका अनुसार, राबले मानिसहरूलाई यति धेरै धम्की दिने गर्थे कि अगाडिको व्यक्ति रुने गर्थे।
बेलायतमा ऋषि सुनकले सरकारको समस्या कम हुने नाम लिइरहेका छैनन् । यसअघि उनी आफ्नी श्रीमती अक्षता मूर्तिलाई आर्थिक फाइदा दिएको भन्दै निशानामा थिए ।
अब यो राजीनामा सुनकका लागि ठूलो झट्का हुनसक्छ । उनले राबलाई किन पदमा रहन दिए भन्ने प्रश्न उठ्न सक्छ। यसबारे एक अग्रणी ब्यारिस्टर एडम टोली केसीले पनि अनुसन्धान गरेका छन् । योसँगै राबले सबै आरोप अस्वीकार गरेका छन् । उनले गुनासोलाई कडाइका साथ लड्ने बताए ।