एनआरएनएमा सुधार गर्ने हो भने अमेरिकाबाट शुरु गर्नु पर्छ : डा. अर्जुन बञ्जाडे

मेरील्याण्ड, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेले संस्थामा सुधार गर्ने हो भने त्यसको शुरुवात अमेरिकाबाटै गर्नु पर्ने बताएका छन्।
एनआरएनए अमेरिकाको सदस्यता वितरण अभियना अन्तर्गत मेरील्याण्ड च्याप्टरले मंगलवार आयोजना गरेको कार्यक्रमा बोल्दै डा. बञ्जाडेले संस्था आफैमा खराव नहुने धारणा राखे।
‘संस्था आफैमा खराव हुदैन, कसरी संचालन गर्ने भन्ने कुरा हो। वेथिति हिजो भए पनि सुधार गर्दै जाउ सुधार गर्न सम्भव छ राम्रो बनाउन सकिन्छ।’ उनले भने, ‘सबैको साझा संस्थाको रुपमा लान सकिन्छ।’
डाक्टर बञ्जाडेले अब यो भन्दा बढी विग्रहमा जान नहुने बताए। ‘सबै भन्दा जति विग्रह भयो, माथि तीन वटा अध्यक्ष, दुई वटा एनआरएनए भयो अव सुधार्न तीर लागौ हामी अब तल जाने ठाँउ छैन सुधारौ।’
संस्था सुधार चै अमेरिकाबाटै गर्नु पर्ने उनको राय थियो। ‘सुधार्ने भनेको अमेरिकाबाटै शुरु हुनु पर्छ अमेरिकाबाट यदी पहल गरौ भने यहाँबाट पनि सहमति गर्दै अगाडि बढ्यौ भने राम्रो संस्था हुन जान्छ।
पदाधिकारले राम्रो काम गर्यौ भनेर भन्नु भन्दा पनि एनआरएनएले यो यो गर्यो भनेर पब्लिकले आफै देखिनु पर्नेमा उनले जोड दिए।
उनले नेपालमा मात्र डिल गर्ने नभइ अमेरिका सँग पनि डिल गर्ने संस्थाको रुपमा लैजानु पर्ने बताए।
‘जहिले पनि यहाँका नेता गएर नेपालका नेता सँग फोटो खिचेर टास्ने मात्र संस्था होइन की अमेरिकी सरकार सँग पनि लभिङ्ग गर्न सक्ने बनाउन पर्यो त्यस्तो वातावरण शृजना गर्न नेतृत्व ल्याउनुस।’ उनले भने,’त्यसका लागि सबै जिम्मेवार भएर आफै सदस्य बन्ने आफै भोट हाल्ने गर्नु भयो भने सुद्रिन्छ।’
भिडियो पनि
र यो पनि …
एनआरएनए चुनाव देखेर मलाई रिग्रेट हुन्छ : कृष्णजीवी पन्त (भिडियो)