एनआरएनए चुनाव देखेर मलाई रिग्रेट हुन्छ : कृष्णजीवी पन्त (भिडियो)

मेरिल्याण्ड, अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनएका अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले एनआरएनएको गतिविधिले आफुलाई पछुतो हुने गरेको बताएका छन्।
एनआरएनए अमेरिकाको सदस्यता वितरण अभियान अन्तर्गत मेरील्याण्डमा मंगलवार साँझ आयोजित कार्यक्रममा पन्तले अब आफु अध्यक्षमा चुनाव लड्ने कि नलड्ने भन्ने दोधारमा रहेको पनि बताए।
‘मलाई रिग्रेट हुन्छ, लाखौ डलर खर्चर अध्यक्षमा चुनाव लड्नेकी नलडने भन्ने ठूलो प्रश्न मेरो मनभित्र छ।’ मेरील्याण्ड च्यापटरले आयोजना गरेको कार्यक्रममा पन्तले भने।
उनले चुनावमा ठूलो पैसा खर्च गर्नेकी नेपालमा समाजसेवामा लाग्ने भन्र प्रश्न गरे।
‘मैले यहाँ दुई लाख डलर खर्च गरेर अध्यक्ष हुने की दश हजार डलर खर्चेर कर्णालीका बच्चा पढाउने ?’ उनले प्रश्न गरे।
र यो पनि …
एनआरएनए अमेरिका सदस्यता वितरण अभियान : प्रमुख अतिथि को बन्ने भन्नेमा लफडा (भिडियो)