अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ
न्युयोर्क । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्समा कार्यरतलाई गिरफ्तार गरिएको छ ।
चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ ।
पक्राउ परेका उनलाई अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गरेको आरोप लगाइएको छ ।















