अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले मंगलवार अदालतमा आत्मसमर्पण गर्ने
न्यूयोर्क/ अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प यहि अप्रिल ४ तारिक मंगलबार न्यु योर्क म्यान्ह्याटन स्थित अदालतमा आत्मसमर्पण गर्ने भएका छन्।
ट्रम्पलाई अभियोग लागेको र आत्मसमर्पण गर्न नत्र पक्राउ गरिने जानकारी डिस्ट्रिक्ट एटोर्नीको कार्यालयलाइ उनका वकिल मार्फत गराइएको थियो।
ट्रम्पले सोमबार न्यु योर्क आउने र मंगलबार अदालतमा उपस्थित हुने वकिलहरू मार्फत जानकारी गराएका छन्।अमेरिकी मुलधारका मिडियाका अनुसार उनी बिरुद्ध ३० वटा छुट्टा छुट्टै अभियोगहरू लगाइएको छ।
बयस्क फिल्मकी नायिका स्टोर्मी ड्यानिएललाइ २०१६ को रास्ट्रपति चुनावको बेला आफ्नो गोप्य सम्बन्ध लुकाउन चुप रहन एक लाख तीस हजार दिएर चुनावी अभियान सम्बन्धि आर्थिक नियम उल्लङ्घन गरेको र ट्रम्पले न्यु योर्कमा गरेका ब्यापारहरुमा बिभिन्न तरिकाले जालसाजी गरेर आर्थिक घोटाला गरेको जस्ता ३० वटा आरोपहरु उनीमाथि लगाइएको जनाइएको छ।
अमेरिकाको इतिहासमा बहालवाला वा पुर्ब रास्ट्रपति माथि कुनै खाले अपराध गरेको अभियोग लागेको यो पहिलो घटना हो।
यस बाहेक ट्रम्प बिरुद्ध जर्जियाको फ़ुल्टन काउन्टीमा निर्बाचन उल्टाउन षड्यन्त्र गरेको अभियोग, न्याय मन्त्रालयको गोप्य दास्तावेज सम्बन्धि र जनवरी ६ सम्बन्धि केसमा समेत अनुसन्धान भैरहेको छ। ट्रंपले यी सबै अनुसन्धानलाइ राजनीति प्रेरित र “बोक्सीको खोजि” भनेर कटु आलोचना गर्दै आएका छन् ।
त्यसो त उनी दुइदुइ पटक इम्पिच अर्थात् संसदबाट अभियोग लगाइएका छन् तर सिनेटमा दुइ तिहाइ नपुग्दा सफाई पाएका थिए। यस अघि सन् १९७३ मा तत्कालिन रास्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डमा अभियोग लगाएर बर्खास्त हुने भए पछि राजिनामा दिएका थिए।
न्यु योर्क म्यान्ह्याटन स्थित डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले पुर्ब रास्ट्रपति डोनाल्ड ट्रम्पको मुद्धा लामो समय देखि हेरिरहेको थियो। उनको केस हेर्न ग्र्याण्ड जुरी स्थापना गरिएको थियो।
ग्र्याण्ड जुरीले हालै ट्रम्पलाइ केहि अपराधमा संलग्न भएको भन्दै अभियोग लगाउने पक्षमा निर्णय गरेको थियो। डिस्ट्रिक्ट एटोर्नी अल्भिन ब्र्यागले यो मुद्धा हेरिरहेका थिए।