८ मन्त्री पाएको कांग्रेसबाट ४ मात्रै मन्त्री बन्ने
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण सरकारले पुर्णता पाउन अझै केही कुर्नुपर्ने भएको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ जना मन्त्री पाएको छ ।
त्यसै अनुसार सभापति देउवाले ८ जनाको नाम सिफारिस गरेको अनौपचारिकरुपमा सार्वजनिक पनि भएको थियो । तर, नेपाली कांग्रेसभित्र रहेको गुटगत राजनीतिको प्रभावका कारण आठै जना मन्त्रीले सपथ नलिने भएका छन् ।
सभापति देउवाले पार्टीभित्र संस्थापनइतरको गुट चलाइरहेको शेखर–गगन समूहलाई २ जनामात्रै मन्त्रि दिने बताएपछि यो पक्षकाले सपथ नलिने बताएका छन् । शेखर गगन समूहले कम्तिमा ३ जना मन्त्री पाउनुपर्ने अडान राखेको थियो ।
यो समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बु मन्त्री बन्ने पक्का रहे पनि पार्टीसभापतिले थप १ जना मन्त्री आफ्नो पक्षमा नदिएको भन्दै सपथमा सहभागि नहुने जनाएका छन् ।
जसका कारण सभापति देउवाले अहिलेलाई ४ जनामात्रै मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका छन् ।
जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् ।
यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्न लागेकी छिन् ।















