अवैध लागू औषधसहित दुई जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ घर भई झापा विर्तामोड नगरपालिका–१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन् ।
मेचीनगर नगरपालिका –६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेलापारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।