उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति समक्ष पेश गरिने
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
शुक्रबार भएको उपराष्ट्रपति पदको चुनावमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश भएपछि उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ हुने छ ।