लिग टु खेल्न दुबई गए सन्दीप
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने दुबई गएका छन् ।
लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएपछि बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।
क्यानका अनुसार अभ्यासका क्रममा श्याम ढकाल (मौसम)को काँधमा चोट लागेको र सन्दीपले नेपाली टिममा मौसमको ठाउँ लिने भएका छन् ।
नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।
यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् ।
सर्वोच्च अदालतले सोमबार सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो । शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल भने खेलिसकेको छ ।
पहिलो खेलमा नेपाललाई पपुआ न्युगिनीलाई हराएको थियो । बिहीबार यूएईसँग खेल्दै छ ।
















